‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्, ब्रह्मलुट हुँदा पनि सरकार किन मौन ?’

Leaderboard Banner

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमाफियाहरुले देशका कुनै पनि सरकारी जग्गा र सार्वजनिक जग्गा नछाडेको बताएका छन्।

काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा थापाले भूमाफिया टुँडीखेल नै बेच्नसक्ने अवस्थामा पुगेको बताएका हुन् । राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट हुँदा पनि सरकार मौन रहेको बताउँदै उनले जनता जाग्ने बेला आएको समेत
बताए।

“गिरोहले सरकारी सम्पत्ति ललितानिवास हडप्यो, भोलि टुँडीखेल पनि कब्जा गर्न बेर छैन।” उनले भने, “राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट हुँदा पनि सरकार मौन छ। यसविरुद्ध आम नागरिक जाग्ने बेला भयो।’ हायात, ललितानिवास, वाइडबडी जहाज खरिद, मेलम्चीलगायतका आयोजनामा अर्ब होइन, खर्बसम्मको घोटाला छ तर सरकार किन तिनका दोषीलाई कारबाही गर्दैन।”

२०४६ पछि सार्वजनिक पद धारण गरेका नेता÷कार्यकर्ता, कर्मचारीलगायतको सम्पत्ति छानबिन गरियो भने को-को भ्रष्ट वा इमानदार प्रष्ट हुने उनको तर्फ छ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५०९:४०
अर्को समाचार:

टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएपछि स्थिति तनावग्रस्त !