समर ट्रान्सफर विन्डोमा ५ सय मिलियन खर्च गर्ने जिदानको योजना ! बेललाई पनि साइड लाग्ने मौका !

Leaderboard Banner

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले गेराथ बेलका एजेन्ट जोनाथन बर्नेटलाई आउने समरमा उनलाई विक्रि गर्न लागेको जानकारी गराएको छ । यद्दपी क्लबले उनको सम्मानका लागि आफु जान चाहेको कुनै क्लब छ भने त्यसका लागि क्लबले सहज वातावरण बनाउने बताएको छ ।

दोस्रो पटक क्लबको प्रशिक्षण सम्हालेका जिनेदिन जिदानले समर ट्रान्सफर विन्डोमा झन्डै ५ सय मिलियन युरो खर्च गर्ने योजना बनाइरहेको बताइएको छ । त्यसैले रियलका निर्देशक एन्जेल सान्चेज र बेलका एजेन्ट बर्नेट र लुइस अलोन्सोबीच उनको भविष्यका विषयमा सोमबार छलफल भएको थियो ।

सो भेटमा सान्चेजले बर्नेट र अलोन्सोलाई बेललाई उनको राम्रो व्यवहार र समपर्णकाका लागि धन्यवाद पनि दिएका थिए । सोहि बैठकमा स्पेनिस क्लबले बेलले क्लब रोज्ने विकल्प दिएको छ । बेलले केहि सर्त राखेपछि रियल उनलाई विक्री गर्ने मनस्थितिमा पुगेको बताइएको छ । बर्नेटले यदि क्लबले बेललाई राख्न चाहेको खण्डमा १ सय ७५ मिलियन पाउन्ड तिर्नुपर्ने र हरेक वर्ष पारिश्रमिकमा १९ मिलियन बढ्नुपर्ने सर्त राखेका थिए ।

पछिल्लो समय बायर्न म्युनिखले पनि बेललाई लामो सम्झौतामा भित्राउन चाहेको बताइएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले पनि उनीमाथि चासो राखेको छ । रियल पुगेयता बेलले २ सय २७ खेल खेल्दै १ सय २ गोल गरेका छन् भने ६३ एसिस्ट गरेका छन् ।

प्रकाशित : बिहिबार, चैत २८, २०७५२०:४४
अर्को समाचार:

सिंगापुर विरुद्ध नेपाल : कप्तान रोहितको अर्ध शतक पुरा !