बाटो खनेको हेर्दै गर्दा एक्कासी ढलेको रुखले किचेर एकको मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ – नुवाकोटमा रुखले च्यापिएर एक युवकको ज्यान गएको छ।

नुवाकोटको पूर्वी भेगमा पर्ने शिवपुरी गाउँपालिका-१ तलाखुमा स्काभेटरले बाटो खनेको हेर्दा रुख ढलेर च्यापिंदा एक स्थानीय युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३७ वर्षीय सानुकान्छा तामाङ रहेका छन्। जेसिबि स्काभेटरले बाटो खनेको हेरिरहेका तामाङलाई रुख ढलेर किचेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार रुखले च्यापी गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौ ल्याउने क्रममा बुधबार राति नै मृत्यु भएको हो।

प्रकाशित : बिहिबार, चैत २८, २०७५१७:२४
अर्को समाचार:

बेरोजगार फाराम भर्नेको भीड