काठमाडौँको तिनकुनेमा सवारी दुर्घटना , नेपाल यातायातले स्कुटरलाई ठक्कर दियो !

Leaderboard Banner

काठमाडौँ : काठमाडौँको कोटेश्वर नजिकै तिनकुनेमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते भएका छन्।

मंगलबार दिउँसो कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ५ ख १२७९ नम्बरको नेपाल यातायातले बा ६१ प ६२७२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाका  ३६ वर्षीय  विष्णु विश्वकर्मा घाइते भएका हुन्।

ओखलढुंगा घर भई हाल ललितपुरको कुसुन्ती बस्दै आएका विश्वकर्माको कान्तिपुर अस्पतालमा उपचार भईरहेको  महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

स्कुटरलाई ठक्कर दिँदे बस र  चालक सुरेश माझीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित : मङ्गलबार, चैत २६, २०७५१६:१९
अर्को समाचार:

भक्तपुरबाट कारमा जबर्जस्ती कोचेर २५ वर्षीय युवकको अपहरण, ४ जना पक्राउ !