इन्डोनेसियामा शक्तिशाली भूकम्प !

Leaderboard Banner

जकार्ता – इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताउनुभयो । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ ।

प्रकाशित : आइतबार, चैत २४, २०७५१६:२९
अर्को समाचार:

बम विस्फोटमा अमेरिकी सैनिक सहित पाँच जनाको मृत्यु !