भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको आरोप !

Leaderboard Banner

उडिसा,  भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गर्नुभएको छ ।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेसको नाम उल्लेख नगरी भन्नुभयो, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताउनु भयो ।

कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उहाँले स्मरण गर्नुभयो । आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।

प्रकाशित : शनिबार, चैत २३, २०७५१६:३२
अर्को समाचार:

शनिबार र आइतबार अमेरिकामा शृङ्खलाबद्ध गोलीकाण्ड : एक जनाको मृत्यु, पाँच घाइते