दोहोरो नागरिकता धारी नेपाली मतदाताले तय गर्छन् भारतमा उम्मेदवारको भाग्य !

Leaderboard Banner

काठमाडौँ- भारतमा यहि अप्रिल ११ अर्थात चैत २८ गतेबाट लोकसभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिएको हुँदा भारत पूरै चुनावमय बनिसकेको छ।

प्रचारप्रसारको काममा राजनीतिक देखि स्वतन्त्र उम्मेदवार सम्म व्यस्त छन्। भारतको चुनावी माहोलले सीमामा रहेका नेपाली भूभागहरुमा पनि तातिनेगरेका छन्। विशेष गरेर उत्तर प्रदेश र बिहारका क्षेत्रमा हुने चुनावमा नेपालको प्रभाव हुने गरेको बताउने गरिन्छ।

भारतीय पत्रिका जागरणले आफ्नो अनलाइन संस्करणमा भारतको लोकसभा चुनावमा सिमा क्षेत्रका नेपालीहरुले पनि महत्‍वपूर्ण भूमिका निभाउने गर्छन् भन्दै समाचार सम्प्रेषण गरेको छ।

उसका अनुसार भारतको महराजगंज, सिद्धार्थनगर र गोरखपुरमा थुप्रै नेपालीको बसोबास रहेको छ। भारतीय नागरिक बनिसकेका नेपालीहरुको नेपालमा पनि व्यवसाय हुने र आफन्त पनि नेपालमै रहने हुँदा उम्मेदवारहरुले नेपालको चक्कर लगाउने गर्छन् भन्दै समाचारमा भनिएको छ।

यस्तै उसले समाचारमा नेपाल र भारतको सीमा क्षेत्रमा रहेका गाउँहरुसँग ‘रोटी र छोरीको सम्बन्ध’ रहेको पनि उल्लेख गरेको छ। यस्तै लोकसभामात्र नभइ भारतको विधानसभा र पंचायत निर्वाचनमासमेत् दोहोरो नागरिकता लिएका नेपालीहरुको अहम् भूमिका हुन्छ; विदेशमा रहेर भारतमा हुने चुनावमा मतदानलाई प्रभावित गर्छन् भन्ने उसको दाबि छ।

“छिमेकि मुलुक नेपालमा तमाम भारतीय यस्ता छन्, जो चुनावमा भारत आएर मतदान गर्छन्। सिद्धार्थनगर जिल्लाका हजारौं व्यक्तिहरु छन्, जो नेपालमा बस्छन्। उनीहरुसँग नेपाल र भारत दुवै देशको नागरिकता हुन्छ। यस्ता दोहोरो नागरिकताधारी मतदानको केहि दिन पहिला मात्रै भारत छिर्छन् र दोहरी नागरिकताको भरपूर लाभ लिन्छन्। नेपालमा बसेर भारतीय आधार कार्ड बनाउनेहरु पनि छन्।”, जागरण समाचारमा लेख्छ,”उम्मेदवारहरु कुनै न कुनै माध्यमबाट नेपालमा रहने मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छन्। मतदानको केहि दिन देखि यस्ता मतदाताआउने-जानेको व्यवस्था समेत गरिन्छ।”

जागरणले लेखेको समाचार अनुसार दोहोरो नागरिकता लिएका नेपालीले लोकसभा निर्वाचनलाई प्रभावित गर्ने प्रयास सुरु भइसकेको छ। उसले लेखे अनुसार नेपालमा हुने मतदातासँग प्रतक्ष्य पहुँच नहुने उम्मेदवारहरुले एजेन्टहरु मार्फत सम्पर्क गर्छन्। भोट खसाल्न भारत जाने खर्च मात्र नभई खाने-बस्ने सुविधा पनि उम्मेदवारहरुले नै बेहोर्ने गरेका छन्।

भारतमा हुने लोकसभा निर्वाचनमा कुनै असर नपरोस भन्नको लागि चैत २६ गते देखि ३ दिनको लागि नेपालको पश्चिमी सीमानाका बन्द हुने निर्णय भैसकेको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ४८ घण्टा नेपालको पश्चिमी सीमानाका बन्द गरिने भएको हो। भारतको बनवसामा सम्पन्न भएको नेपाल-भारत सीमा बैठकले ४८ घण्टाको लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

जागरणले लेखेको समाचार यस्तो छ !

प्रकाशित : बुधबार, चैत २०, २०७५१५:००
अर्को समाचार:

तहस-नहस पार्ने गरी नेपालमा पहिलो पटक आएको “टोर्नाडो” के हो ? फेरी आउने सम्भावना छ की छैन ?