ब्राजिल पानामासँग रोकियो

Leaderboard Banner

एजेन्सी – पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिललाई विश्व वरीयताको ७६ औं स्थानमा रहेको पानामाले बराबरीमा रोकेको छ । शनिबारको मैत्रीपूर्ण खेलमा ब्राजिल १-१ को बराबरीमा रोकिएको हो ।

ब्राजिलले खेलको ३२ मिनेटमा लुकास पाकेटाको गोलमा अग्रता बनाएको थियो । तर चार मिनेट नबित्दै पानामाका अडोल्फो मकाडोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तेस्रो वरियताको ब्राजिलले खेलको बाँकी समयमा थप अवसर सिर्जना गरेपनि गोल थप्न भने सफल हुन सकेन । यसक्रममा ब्राजिलका रिचार्लीसन र क्यासेमिरोको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

पोर्चुगलको पोर्टोमा खेलिएको खेलमा एडरसन, रोबर्टो फिर्मिनो र रिचारलीसनले सुरुवाती रोजाईमा अवसर पाएका थिए । बेन्चबाट ग्याब्रिएल जेसस, एभरटन र फिलिपे एन्डरसनले मौका पाएपनि गोलको अवसर सदुपयोग गर्न असफल रहे ।

चोटका कारण नेयमार लगातार टिमबाहिर हुँदा क्यसेमिरोले कप्तानी गरेका थिए ।

प्रकाशित : आइतबार, चैत १०, २०७५१२:०७
अर्को समाचार:

रामोसको पेनाल्टीमा स्पेनको जित