विप्लव समूह वार्तामा आउन नचाहे पनि जुनसुकै वेला पनि वार्तामा बस्न हामी तयार छौं – श्रेष्ठ

Leaderboard Banner

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेपाल(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा आफूहरु विप्लव समूहसँग जुनसुकै वेला पनि वार्तामा बस्न तयार भएको बताएका हुन्।

“विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ।” उनले भने,”उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं।”

आफूहरु तयार भएता पनि विप्लव समूह वार्तामा आउन नचाहेको उनले बताए। साथै उनले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए।

प्रकाशित : शनिबार, चैत ०९, २०७५१६:४४
अर्को समाचार:

नेपालकै सबै भन्दा धेरै गर्भपतन हुने जिल्ला कुन होला ?