मन्त्रिपरिषदको निर्णय नै च्यातेपछि यी मन्त्री धरापमा ! रिसाएका ओलीले छिट्टै हटाउन सक्ने !

Leaderboard Banner

काठमाडौँ- केहि हप्ता अगाडी सार्वजनिक रुपमै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफू पदबाट हट्न लागेको संकेत गरेका थिए।

एक कार्यक्रममा बोल्दै उनले,”म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्। मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।” भन्न समेत भए।

उनको संकेत छिट्टै सहि सावित हुने जस्तै देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवसँग रुष्ट बनेका विवरणहरु बाहिरिन थालेका छन्।

मन्त्री यादवले मन्त्रिपरिषदको बैठकमै अमर्यादित हर्कत देखाएकोले प्रधानमन्त्री ओली उनीसँग रुष्ट भएको एक श्रोतको दाबि छ। बालुवाटार निकट श्रोतका अनुसार ‘क्याविनेट–सिष्टम’ नमान्ने खालको हर्कत देखाएकोले प्रधानमन्त्री ओलीले उनीविरुद्ध कडा कदम उठाउन लागेका हुन्।

आफूले सिफारिश गरेको मान्छे नियुक्त नभएकोमा मन्त्रिपरिषदको निर्णय नै च्यातिदिए पछि प्रम ओली रुष्ट भएको श्रोतको दाबि छ। यसरी एकाएक ओली रुष्ट हुनुले यादवको मन्त्रीपद खतरामा रहेको अड्कलबाजी समेत शुरु भएका छन्।

उनी आफैले समेत लगानी सम्मेलनपछि आफू मन्त्री पदमा कायम नरहने संकेत गरिसकेका छन्। यादवको ठाउँमा ओलीले पूर्वमन्त्री सोमप्रसाद पाण्डेलाई ल्याउने तयारी गरेको बताउन थालिएको छ।

प्रकाशित : शनिबार, चैत ०९, २०७५१५:५७
अर्को समाचार:

नेपाली भूमामा भारतीय एसएसबीका जवानले घर निर्माणमा रोक लगाएपछि…