जब बस मुनी स्कुटर पस्यो…

Leaderboard Banner

काठमाडौँ- शनिबार पोखरामा भएको एक सवारी दुर्घटनामा परी एक घाइते भएका छन्। पोखराको राष्ट्रबैंक चोकमा माईक्रोले स्कूटरलाई ठक्कर दिंदा एक घाइते भएका हुन्।

ठक्करबाट स्कुटर चालक सामान्य घाइते भएका हुन्। राष्ट्रबैंक चोकबाट ड्यामसाईड तर्फ जाँदै गरेको ग ६ प ७९०० नम्बरको स्कूटरलाई ग १ ख ५९३५ नम्बरको बसले ठक्कर दिएको बताइएको छ।

ठक्कर पछि बस चालक फरार भएको र स्कुटर चालक सकुशल भएको थाहा पाएपछि प्रहरी सम्पर्कमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

ठक्कर सामान्य भएकाले स्कूटर चालकको हातमा सामान्य चोट लागेको जानकारी प्राप्त भएको छ। जिल्ला ट्राफिक प्रहरीका अनुसार दुबैजना बीच मिलापत्र भैसकेको छ।

प्रकाशित : शनिबार, चैत ०९, २०७५१५:४१
अर्को समाचार:

मन्त्रिपरिषदको निर्णय नै च्यातेपछि यी मन्त्री धरापमा ! रिसाएका ओलीले छिट्टै हटाउन सक्ने !