कन्टेनरलाई सुमोले पछाडीबाट ठक्कर दिँदा दुई जनाको मृत्यु, आठजना घाइते !

Leaderboard Banner

र्लाबारी, मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिनुभयो ।
सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने रमेश तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिकाका हरिप्रसाद नेम्वाङ, सुमो चालक दमक नगरपालिका–२ बस्ने कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने लक्ष्मण अधिकारी घाइते हुनुभएको छ । घाइते सबैलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, चैत ०९, २०७५१२:५५
अर्को समाचार:

जीपको ठक्करबाट एकको मृत्यु