खानेपानी मन्त्री बिना मगरका पूर्वपति पक्राउ !

Leaderboard Banner

काठमाडौँ- शुक्रबार काभ्रेबाट पक्राउ परेका ९ मध्ये खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि रहेको खुल्न आएको छ।

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँगै पक्राउ पर्नेमा अधिकारी पनि रहेको बताइएको छ। पहिला माओवादीमा संलग्न रहेका उनी पछिल्लो समय विप्लव समूहमा आवद्ध रहेका थियो।

अधिकारी र मगरको ०६६ सालमा प्रेम विवाह भएको थियो। तर यी दुईको विवाह सुखद हुन नसकेपछि मगरले ०६९ सालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी थिइन्।

मगरले प्रकाश दाहालसँग विवाह गरेपश्चात अधिकारीले आफ्नो सम्बन्ध बारे त्यसबेला एक अखबार मार्फत खुलासा गरेका थिए। उक्त अखबारलाई अन्तर्वार्ता दिने क्रममा अधिकारीले मगर प्रकाश दाहालसँग हिडेको थाहा पाउँदा चकित परेको प्रतिक्रिया दिएका थिए।

शुक्रबार प्रहरीको विशेष ब्युरो, महाशाखाको टोली र काभ्रे प्रहरीको संयुक्त अप्रेसनको क्रममा शंकर अधिकारी, हेमन्तप्रकाश ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ट, ललित तामाङ, देव घिमिरे, सञ्जिव कार्की र लोकेन्द्र खड्का पक्राउ परेका हुन्।

उनीहरुलाई काभ्रेको खानीखोला–७ बाट बा१७च ४८९३ नम्बरको स्कारपियोबाट पक्राउ गरिएको थियो।

प्रकाशित : शनिबार, चैत ०९, २०७५१२:१६
अर्को समाचार:

कन्टेनरलाई सुमोले पछाडीबाट ठक्कर दिँदा दुई जनाको मृत्यु, आठजना घाइते !