प्रत्येक गाडीको निगरानी गर्न २०७६ सालबाट देशभरका सवारीमा ‘जिपिएस ट्रयाकिङ’ !

Leaderboard Banner

काठमाडौँ : देशभर गुड्ने सार्वजनिक सवारी साधनलाई जिपिएस बाट ट्रयाकिङ गर्ने तयारीका साथ यातायात व्यवस्था विभागले काम अगाडी बढाएको छ।

नेपालमा रहेका सार्वजनिक सवारी साधनमा जिपिएसबाट ट्रयाकिङ व्यवस्थाका लागि विश्व बैंक सहयोग गर्न तयार भएपछि विभागले प्रक्रिया अगाडी बढाएको हो।

विश्व बैंकले आगामी पौष १५ गतेसम्म काम सक्नेगरि उक्त प्रोजेक्टका लागि ‘नो अब्जेक्सन’ दिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उपत्यका लगायत ग्रामिण भेगमा चल्ने सार्वजनिक यातायातमा महिला हिंसा ,विकृति र अपराधका घटनाहरु बढ्दै गएपछि ट्राफिक प्रहरीलाई गाडी ट्रयाकिङ गर्न सजिलो हुने उदेश्यले जिपिएस जडान गर्न लागिएको उनले बताए।

जिपिएस जडान भएपछि ट्राफिक प्रहरीलाई ट्रयाकिङ गर्न, गति थाहा पाउन सजिलो हुने विभागका निर्देशक उपाध्यायको भनाइ छ। गाडीमा जडान गरिने जिपिएसले गाडी भएको क्षेत्र, दुर्घटना भएको स्थानबारे सजिलै थाहा हुने बताइएको छ।

सार्वजनिक यातायातपछि सरकारी गाडीहरूमा समेत यो प्रविधि लागू गर्ने विभागको योजना रहेको छ।

प्रकाशित : शुक्रबार, चैत ०८, २०७५१४:५९
अर्को समाचार:

ललितपुरमा गायिकामाथि दुव्र्यवहार गरि “मनाङेका केटाहरु ” भन्दै प्रहरीकै अगाडी कुटपिट !