रेखाको मृत्यु : आफन्तले अस्पतालमा हंगामा गरेपछि स्थिति तनावग्रस्त

Leaderboard Banner

काठमाडौँ- सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालको स्थित तनावग्रस्त भएको छ। अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन्।

बिरामीको अवस्था गम्भीर हुँदा अस्पतालले लापरवाही गरेको भन्दै आफन्तजन आक्रोशित भएका हुन्। स्वास्थ्य बारे अस्पतालले समयमै जानकारी नदिंदा बिरामीको मृत्यु भएको आफन्तजनको आरोप छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखा थापा रहकी छन्। थापालाई चैत २ गते अस्पताल भर्ना गरिएको थियो। थापाले चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थिइन्।

अपरेशन गरेको दुई दिन पश्चात अथवा चैत ६ गते थापामा जन्डिस देखिएको थियो। स्वास्थ्य झनै बिग्रिए पछि अस्पतालले शुक्रबार मात्रै अन्य अस्पताल लैजान सल्लाह दिएको थियो।

कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएपछि आफन्तजन आन्दोलित भएका हुन्। अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गरेका छन्।

आमाको मृत्यु भएपछि शिशुलाई कोहलपुर अस्पतालमै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित : शुक्रबार, चैत ०८, २०७५१४:५९
अर्को समाचार:

प्रत्येक गाडीको निगरानी गर्न २०७६ सालबाट देशभरका सवारीमा ‘जिपिएस ट्रयाकिङ’ !