रौतहट झडप अपडेट : अश्रुग्यासले नभएपछि प्रहरीले गोली चलायो , स्थिति तनावग्रस्त !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : रौतहटको गुजरा नगरपालिकामा गोली चलेको छ।

होलि खेल्ने क्रममा युवाहरुको दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रौतहटको गुजरा नगरपालिकामा गोली चलाएको हो।

होलि खेल्ने क्रममा भएको सामान्य विवादले उग्र रुप लिँदा झडप भएको र त्यसलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण ढुंगामुढा प्रहार भएपछि अश्रुग्यास प्रहार गरिएकोमा अहिले गोलि चलेको हो।

युवाहरु बीच भएको झडप नियन्त्रणमा लिन ७ राउन्ड अश्रुग्यास प्रहार गरिएको ईलाका प्रहरी कार्यालय चपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष पाठकले जानकरी दिए।

उनका अनुसार प्रहरीले झडपलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको र स्थिति तनाबग्रस्त भएपछि ७ राउन्ड अश्रुग्यास प्रहार गरिएको हो।

होलिको बहानामा झगडा गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने फरार अन्यको पनि खोजि कार्य अगाडी बढाई घटनाबारे थप अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित : बिहिबार, चैत ०७, २०७५१८:२८
अर्को समाचार:

चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु यस्ता छन् !