फेरी दुर्घटनामा एक जनाको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्बिर

गौशाला, ६ चैत (रासस-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका– ५ मा आज ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सर्लाही हरिपुर–७ का २५ वर्षीय राजवीर राय रहेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक प्रकाश सिंहका अनुसार उखु बोकेको ज१त ९८४२ नंको ट्र्याक्टर र बा७प ८१४३ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा रायको मृत्यु भएको हो । मोटरसाइकलसँग ठोक्किएर सडकभन्दा तल पल्टिन गएको र ट्र्याक्टरमा सवार राय भाग्न खोज्दा सोही ट्र्याक्टरले च्यापिप्एर रायको मृत्यु भएको सिंहले बताउनुभयो । मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नपा–१२ का ३३ वर्षीय कृष्ण रखाल घाइते भएका छन् । उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : बुधबार, चैत ०६, २०७५१९:३४
अर्को समाचार:

विप्लव नेतृत्वको नेकपाका चार नेता र अन्य बम विस्फोटमा संलग्न चार पक्राउ