आँपको बगैचामा भेटियो एक पुरुषको शव!

Leaderboard Banner
सांकेतिक तस्बिर

चैत्र ६ । बारामा एक पुरुषको शव  भेटिएको छ ।  ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव फेला परेको हो । सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी गन्नी मियाँ ठकुराईको शव आँपको बगैंचामा भेटिएको हो । चौरहियाका स्थानीयले महम्मदको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  । ठकुराईको शव जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लगेको छ ।

प्रहरीको अनुसार ठकुराईको इँटा भट्टामा काम गरेर घर फर्कने क्रममा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । तर ठकुराईको मृत्युबारे वास्तविक कारण भने अझै खुलेको छैन।  मृतक महम्मदका ५ छोरा र १ छोरी रहेका छन् ।

प्रकाशित : बुधबार, चैत ०६, २०७५१७:५८
अर्को समाचार:

राष्ट्रघाती नागरिकता विधेयक फिर्ता लिन माग, के छ विधेयकमा ?