भोलि होलिमा यी राशि हुनेहरुलाई लाभै-लाभ मिल्ने ! हेर्नुहोस् होलि राशिफल !

Leaderboard Banner

भोलि मिति २०७५ साल चैत महिनाको ६ गते बुधवार , तदनुसार इश्वी संवत २०१९ मार्च २० तारिख। बिशेष गरि भोलि रंगहरु पर्व होली पनि रहेको छ।  भोलिको तपाइको दिन कसरी बित्नेछ त आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल ;

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

परिश्रम गरे अनुरुपको फल नपाईनाले मनमा खिन्नता पैदा हुनेछ। स्वास्थ्यमा खराबी उत्पन्न हुन सक्छ।  यात्राका लागि शुभ दिन रहेको छैन।  पारिवारिक चिन्ताले सताउनेछ।  सरकारी कार्यमा सोचे अनुसारको सफलता प्राप्त हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

गरेका हरेक कार्यमा सफलता मिल्नेछ। पितृ पक्षबाट सहयोग मिल्नेछ।  बिद्यार्थी वर्गका लागि पढाइमा उन्नति प्रगति हुनेछ।  सरकारी कार्यमा सफलता मिल्नुका साथै अधिक लाभ समेत  हुने देखिन्छ।  सन्तान सुख भने मिल्ने छैन।  कलाकार एवम खेलाडीहरुका लागि भोलिका दिन आफ्नो उचित प्रतिभा देखाउने दिन रहेको छ। सरकारी मुद्दा मामलामा फस्न सक्ने प्रवल सम्भावना रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

भाग्योदयको सम्भावना रहेको छ। सोचे अनुरुप नया कार्यको प्रारम्भ गर्ने शुभ दिन रहेको छ।  इष्टमित्र तथा साथीभाई संग सौहार्दपूर्ण दिन व्यतित हुनेछ। आर्थिक लाभ समेत हुन सक्ने योग रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

मानसिक द्विविधा पैदा हुनेछ। पारिवारिक मनमुटावको स्थिति सिर्जना हुन सक्छ भएकाले केहि सजक रहनुपर्ने छ।  बिद्यार्थीहरुका लागि पनि मनमा एकग्रताको अभावले पढाईमा दिन त्यति उचित रहेको छैन।  आकस्मिक रुपमा आर्थिक खर्चको सम्भावना रहेको छ।  समग्रमा याँहाको भोलिको दिन सामान्य गरि नै व्यतित हुनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

आत्मविश्वासमा तथा निर्णय क्षमताका कारण कार्यमा प्रगति हुनेछ।  समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ।  आकस्मिक मनमुटावमा फस्ने सम्भावना रहेकाले बोलीमा बिशेष संयमता अपनाउनु होला।  उच्च पदस्थ व्यक्तित्वहरुबाट सहयोग मिल्नेछ।  स्वस्थ्यको सन्दर्भमा बिशेस सजक रहनु पर्नेछ। वैवाहिक सम्बन्धमा सुमधुरता छाउने छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

शारीरिक एवम मानसिक अस्वस्थताको  अनुभूति हुनेछ।  आकस्मिक धन खर्च हुने सम्भावना रहेको छ।  दाम्पत्यजीवनमा मनमुटावको स्थिति सिर्जना हुन सक्छ।  नोकरी व्यवसायमा पनि दिन त्यति सुखद रहेको छैन। अनावश्यक झैँ झगडामा फस्ने प्रबल सम्भावना रहेकाले सचेत रहनु होला।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

शारीरिक एवम मानसिक रुपमा स्वस्थताको महसुस हुनेछ। सोचेका हरेक कामहरु पुरा भएर जानेछ।  रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  आय आर्जनमा बृद्दि हुनेछ।  वैवाहिक सुख प्राप्त हुनेछ।  पारिवारिक वातावारणमा खुसियाली छाउने छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मान प्रतिष्ठामा वृद्धि हुनेछ। उच्च पदाधिकारीको भरपुर मात्रामा साथ र सहयोग मिल्नेछ। सोचे अनुरुप काम बन्ने छ।  नोकरी , व्यवसायमा उन्नति प्रगति हुनेछ।  शारीरिक रुपमा त्यस्तो कुनै समस्या आउने छैन।  सन्तान सुख समेत भोलिको दिन तपाईलाई मिल्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

शारीरिक आलस्यता र थकानको महसुश हुनेछ।  व्यापार व्यवसायका लागि भोलिको दिन त्यति उचित रहेको छैन। अनावस्यक बादविवादमा फस्ने सम्भावना रहेको छ। प्रतिस्पर्धात्मक कार्यमा अरु कसैले मौकाको फाइदा उठाउन सक्छ।  सम्भवत भोलिको यहाको दिन भगवानको ध्यान भक्ति गर्नाले बिशेष हुने देखिन्छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

स्वास्थ्यमा अचानक परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ।  नोकरी व्यवसायका लागि दिन अनुकुल भने रहेको छैन।  भोलिको दिन अनावश्यक बादविवादमा सामेल नहुदैमा शुभ हुनेछ।  अचानक मित्र भेटको सम्भावना रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

यात्राको लागि दिन शुभ रहेको छ।  परिवारको साथमा स्वादिष्ट भोजनको सम्भावना रहेको छ।  सार्वजनिक क्षेत्रमा मान सम्मानमा बृद्दि हुनेछ।  दाम्पत्यजीवन सुखमय बित्नेछ। मित्रजनको साथ प्रसस्त मिल्नेछ। नया कार्यको सुरुवात गर्नका लागि दिन उत्तम रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

पारिवारिक माहोलमा सुख , शान्तिखुसियाली छाउने छ। स्वास्थ्य राम्रो हुनाका कारण हरेक कार्यहरु आत्मविश्वासका साथमा सम्पादन हुनेछन। बोलेको हरेक कुराको गलत अर्थ लाग्न सक्ने भएकाले बोलीमा बिशेष संयमितता अपनाउदा राम्रो होला।  नोकरीमा उन्नति हुनका साथै पद्दोन्नति समेत योग रहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५२०:१५
अर्को समाचार:

हेर्नुस त कक्षामा को छ? भन्दै अमेरिकी दूतावासले लेख्यो यस्तो स्टाटस!