दानव पिता : श्रीमती माइत गएपछि आफ्नै छोरीलाई गाउँलेको गोठ पुर्याएर बलात्कार !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नाम सानीभेरी गाउँपालिकाका नाम नखुलाइएका एक ३४ वर्षीय पुरुष रहेका छन्।

१७ वर्षीय छोरीलाई बलात्कार गरेको भन्दै पिडितको आमाले प्रहरीमा उजुरी दिए पछि घटना बारे खुलासा भएको हो। पिडित किशोरीका अनुसार आरोपी पिताले उनलाई करिब २ वर्ष देखि बलात्कार गर्दै आएका थिए।

पछिल्लो पटक आरोपीले किशोरीलाई गत शुक्रबार बलात्कार गरेका थिए। विद्यालयबाट फर्केर साथीको घरमा बसेको अवस्थामा आरोपी पिताले जर्बजस्ती घर तर्फ लागेका थिए।

घर नपुग्दै बाटोमा पर्ने एक स्थानीयको गोठमा लगी दिउँसै बलात्कार गरेको पिडित किशोरीको भनाइ छ। त्यस दिन पिडितकी आमा माइत गएकी थिइन्।

माइतबाट फर्किए पश्चात किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। उजुरी पछि भागेका आरोपी पितालाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५१३:१८
अर्को समाचार:

“एउटा आतंककारी अमेरिका घुुमिरहेको छ” भन्दै प्रचण्डविरुद्ध अमेरिका उजुरी ! कानुनी उपचार…