त्रिशुली नदी किनारमा ट्रक खस्यो ! खस्दै गर्दा किचिएर एकको मृत्यु, ४ घाइते !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- मंगलबार बिहान ट्रक त्रिशुली नदी किनारमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिक दुई नम्बर पुलको ठाडो खोलामा ट्रक खस्दा उक्त दुर्घटना भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा ट्रक खसेको हो। ट्रक खस्ने क्रममा किचिएर एक जनाको मृत्यु भएको हो।

मृतकको परिचय खुलिनसकेको प्रहरीले बताएको छ। घाइतेमध्ये दुई जनाको पुरानोे मेडिकल कलेजमा उपचार भइरहेको र अन्य दुई जनालाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

ट्रक पुलबाट ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको बताइएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५११:३३
अर्को समाचार:

जनताको जलविद्युत्को शेयर किन्ने हैन ? पहिलो शेयर थ्री ‘बी’ चैत ७ मा खुल्ने !