फरार रहेका पूर्वएसपी डिल्लीराज विष्टद्वारा आत्मसमर्पण ! मंगलबार अदालत हाजिर !

Leaderboard Banner

काठमाडौँ- निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।

प्राप्त जानकारी अनुसार विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन्। अदालतमा हाजिर हुन भनिएको भएता पनि विष्ट यसभन्दा अगाडी फरार थिए।

अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेकोमा विष्ट मात्रै अदालतमा हाजिर भएका हुन्। डिएसपी अंगुर जीसी भने अदालतमा हाजिर नभएको बताइएको छ।

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गर्दै यातना दिएको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतको आदेशमा निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटिसकेका छन्। न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासमा तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद धरौटीमा छुटेका हुन्।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५११:२४
अर्को समाचार:

त्रिशुली नदी किनारमा ट्रक खस्यो ! खस्दै गर्दा किचिएर एकको मृत्यु, ४ घाइते !