७२ मिनेटको फरकमा लगातार २ भूकम्पको झड्का !

Leaderboard Banner

काठमाडौँ- सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बेलुका एक घण्टाको फरकमा लगातार बैतडी र दार्चुलामा दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो ।

प्राप्त जानकारी अनुसार पहिला ३ दशमलव ८ रेक्टरको धक्का साँझ ६ बजेर २८ मिनेटमा महसुस गरिएको थियो। यसलगतै ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको छ। दुवै धक्का बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा महसुस गरिएको सुर्खेत केन्द्रले बताएको छ।

सोमबारनै काठमाडौं लगायतका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। सोमबार बिहान ९ बजेर २ मिनेटमा काठमाडौंमा भूकक्पको धक्का महसुस गरिएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर ४.१  रेक्टर स्केलको परकम्प गएको थियो।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प पश्चात लगातर परकम्प महसुस गर्ने गरिएको छ। गोरखा भूकम्पपछि अहिलेसम्म ५०० पटक भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५१०:५३
अर्को समाचार:

आकार बढाउँदै विप्लव ! खानेपानी मन्त्री बिना मगरको क्षेत्रबाट १२० भन्दा बढी विप्लवमा प्रवेश !