आकार बढाउँदै विप्लव ! खानेपानी मन्त्री बिना मगरको क्षेत्रबाट १२० भन्दा बढी विप्लवमा प्रवेश !

Leaderboard Banner

काठमाडौँ- सरकारले प्रतिवन्ध लगाएकै बेला कञ्चनपुरमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथ्ता कार्यकर्ताहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

विप्लव नेकपा निकट श्रोतका अनुसार कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर विभिन्न ठाउँबाट १२० भन्दा बढी विप्लव नेकपामा प्रवेश गरेका हुन्।

सङ्गठन सुदृढीकरण अभियानका इन्चार्जले १२० भन्दा बढीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर विप्लव नेकपामा प्रवेश गरेको बताएका हुन्। खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्रबाट १२० भन्दा बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेकपा प्रवेश गरेको उनले बताए।

सरकारले नेकपामाथि दमनको नीति लिएको भएता पनि आफूहरु जनता माझ निरन्तर अभियान चलाउने उनले बताए। उनका अनुसार सरकारले युद्ध चाहे पनि विप्लव नेतृत्वको नेकपामाले तत्कालै युद्ध चाहेको छैन।

सरकारले विप्लवलाई रोक्न उसका कार्यकर्ताको घुँडामुनि गोली हान्न सुरक्षा निकायलाई आदेश दिएको भएता पनि गाउँगाउँमा विप्लवको सङ्गठन विस्तार तिब्र भएको उनको भनाइ छ।

सरकारले काम गर्न नसकेपछि विप्लव नेतृत्वको नेकपा प्रवेश गर्नेहरुको लर्को लागेको पार्टीका नेताहरु बताउँछन्। सरकारले विप्लवलाई जति दबाउन खोज्यो त्यति आफ्नी संगठन बलियो हुने विप्लव नेतृत्वको नेकपाका नेताहरुको बुझाइ छ।

प्रकाशित : मङ्गलबार, चैत ०५, २०७५११:००
अर्को समाचार:

गोल नखाई फाइनल पुग्ने नेपालको लक्ष्य