मोटरसाइकल चोरी हुनबाट जोगियो ! मोटरसाइकल चोरेर लैजाँदै गर्दा प्रहरीले देखेपछि फरार !

Leaderboard Banner

काठमाडौँ, चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई मोटरसाइकल बरामद गरेको छ ।

यहाँको गोकर्णेश्वर नगरपालिका–४ स्थित हनुमानचोक नजीकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले आज दुई मोटरसाइकल चोरी हुनबाट जोगाएको हो ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं ३­०२­००१ प ३७०८ नं र बा ९३ प २३७४ नंको मोटरसाइकल छाडी चोरीमा संलग्न व्यक्तिहरु फरार भएका छन् ।

उनीहरुको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : सोमबार, चैत ०४, २०७५२०:४०
अर्को समाचार:

सिके राउतको गठबन्धको नाम फेरियो