सेना परिचालनबारे काँग्रेसलाई योगेशको कडा प्रश्न : विरोधको आधार के हो ? पुरानो फाइल पल्टियो ?

Leaderboard Banner

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं सांसद योेगेश भट्टराईले सेना परिचालनका विषयलै विरोध गरिनुको आधार के भन्दै कडा प्रश्न गरेका छन्।

रक्षा मन्त्री ईश्वर पोखरेल मार्फत सरकारले सेना परिचालन सम्बन्धि बिधेयक संसदमा दर्ता गराएको बारे कांग्रेसले गरिरहेको विरोधलाई प्रश्न गर्दै भट्टराईले सामाजिक संजालमा आफ्नो धारणा राखेका छन्।

नेपाली कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर बिरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर आफूले विधेयक राम्ररी पढेको भट्टराईले फेसबुक मार्फत जानकारी गराएका छन्।

विधेयक बारे सरकारको बचाऊ गर्दै भट्टराई वर्तमान सरकारले संसदमा दर्ता गरेको फाइल हेर्दा काँग्रेसले कतै आफ्नै पालाको फाइल हेरेको त होइन ? भन्दै कटाक्ष समेत गरेका छन्।

विधेयकले कतैपनि प्रधानमन्त्रीलाई मात्र एकल अधिकार नदिएको बताउँदै उनले विरोध गर्न कांग्रेसले हतार गरेको आरोप समेत लगाएका छन्।

“सेना परिचालनका बारेमा नेपाली कांग्रेसको विरोधको आधार के हो ?
रक्षामन्त्री ईश्वर पोखरेल मार्फत सरकारले सेना परिचालन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको छ । नेपाली कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर विरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर मैले विधेयक राम्ररी पढें ।

विधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदको निर्णय पछि राष्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ।
सोही दफाको ३ मा परिषदको बैठक हुन नसकेमा अध्यक्ष ( प्रम) को सिफारिसमा मन्त्रिपरिषदको निर्णय पश्चात राष्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ ।

सोही दफाको ३ मा यो निर्णयलाई संसदबाट अनुमोदन गराउनु पर्ने स्पष्ट उल्लेख छ।

यो विधेयकले प्रमलाई मात्र एकल अधिकार दिएको छैन ।

विधेयकमा स्पष्ट उल्लेख हुँदा-हुँदै नेपाली कांग्रेस जस्तो लामो संसदीय अभ्यासबाट खारिएको पार्टीको हतारमा विरोध आसय बुझ्न् सकिएन ?
विरोधमा कुनै वक्तब्य दिनै पर्ने वाध्यताले नयाँ फाइल खोज्दा आफ्नै पालाको पुरानो फाइल पो पल्टीन पुग्या हो की ?
…….. ले आफ्नो नाम आँफै काड्छ भन्छन् !”

प्रकाशित : सोमबार, चैत ०४, २०७५१९:१२
अर्को समाचार:

सुदूरका गीतमा ‘र्याप’ को चर्चा ! मिष्टर आरजेले यसरी तताउँदै छन् साङ्गीतिक बजार !