जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डलाई सिके राउतसँग तुलना गर्नी ? : बाबुराम भट्टराई

Leaderboard Banner

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई सिके राउतसँग तुलना गर्न नमिल्ने बताएका छन्।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले नेकपाका अध्यक्ष प्रचण्ड जनयुद्धको नेतृत्व गरेर आएका व्यक्ति भएकाले राउतसँग कुनै प्रकारको तुलना गर्न नसुहाउने बताएका हुन।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने ; ‘दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौँ ,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ?, ‘ राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।’ प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र मधेश गठबन्धनसँगको राजनीतिक सहमति घोषणा कार्यक्रममा उक्त गठबन्धनका संयोजक राउत र प्रचण्डमा उत्तिकै क्षमता भएको बताएका थिए।

भट्टराईले सरकार र सीके राउतबीच भएको सम्झौता अनुचित भएको बताए। उनले पृथकतावादी नीति लिएर हिँडेको , सर्वोच्च अदालतको आदेशमा थुनामा रहेको व्यक्तिलाई अदालतलाई दबाव दिएर बाहिर निकालेको आरोप समेत लगाएका थिए।

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु लगत भएको भन्दै विद्रोहका गतिविधिलाई दमन नगरी एक्ल्याएर समस्याको समाधान गरिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित : सोमबार, चैत ०४, २०७५१८:२६
अर्को समाचार:

सेना परिचालनबारे काँग्रेसलाई योगेशको कडा प्रश्न : विरोधको आधार के हो ? पुरानो फाइल पल्टियो ?