पूर्व एमालेलाई ४५ र माओवादीलाई ३२ जिल्ला दिने सहमति, कुन जिल्ला कसको भागमा हेर्नुहोस्।

Leaderboard Banner

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले पार्टी एकीकरणको १० महिना पछाडी जिल्लाको एकतालाई टुंगोमा पुर्याएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र केपी शर्मा ओलीबीच भएको छलफलमा ४५ जिल्ला पूर्वएमाले र ३२ जिल्लामा पूर्व माओवादीलाई दिनेगरी सहमति भएको हाे ।

प्रदेश–१

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, मोरङ र भोजपूर (पूर्व एमाले)
संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा सहमति हुन बाँकी

प्रदेश–२

बारा, पर्सा, धनुषा र सर्लाही (पूर्व एमाले)
सिराहा, सप्तरी, महोत्तरी र रौतहट (पूर्वमाओवादी)

प्रदेश–३

रसुवा, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौँ, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटि र पेशागत जिल्ला कमिटी (पूर्व एमाले)
नुवाकोट, चितवन, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी तथा मजदूर विशेष जिल्ला कमिटी (पूर्वमाओवादी)

गण्डकी प्रदेश

तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र मूस्ताङ (पूर्व एमाले)
गाेरखा, मनाङ, लमजुङ, बाग्लुङ र नवलपुर (पूर्वमाओवादी)

प्रदेश–५

गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलबस्तु, प्युठान र दाङ (पूर्व एमाले)
बाँके, बर्दिया, परासी,  रोल्पा र पूर्वी रुकुम (पूर्वमाओवादी)

कर्णाली प्रदेश

दैलेख, सुर्खेत, डोल्पा र जुम्ला (पूर्व एमाले)
जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुम (पूर्वमाओवादी)
मुगु र कालीकोट (सहमति हुन बाँकी)

सुदूरपश्चिम प्रदेश

अछाम, कैलाली, बैतडी, बाजुरा र डोटी (पूर्व एमाले)
डडेल्धुरा, कञ्चनपुर, दार्चुला र बझाङ (पूर्व माओवादी)

सहमति हुन बाँकी रहेका जिल्लाहरु बारेको छलफल अमेरिका भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड फर्किएलगत्तै हुने र  केहि जिल्लाहरुमा अहिले भएको निर्णय आवश्यकता अनुसार हेरफेर हुनसक्ने नेकपाले जनाएको छ।पार्टीको  तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्र असन्तुष्टि बढेको थियो ।

प्रकाशित : सोमबार, चैत ०४, २०७५१६:३९
अर्को समाचार:

पैसाबाट पैसा बनाउने भन्दै दिउँसै ठगी ! दुई ‘जादुगर ठग’ को तिकडम देखेर प्रहरी पनि छक्क !