विप्लवका कार्यकर्तालाई प्रहरीले अपराधीको व्यवहार गरेपछि ३६ घण्टादेखि हिरासतभित्रै अनशन !

Leaderboard Banner

काठमाडौँ : सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि प्रहरीले कार्यकर्तालाई अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै एकजना हिरासतमै अनसन बसेका छन्।

पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा-नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएर अपराधीको जस्तै व्यवहार गरेको आरोप लगाऊदै विप्लव कार्यकर्ता पदम पोखरेल प्यूठानमा अनसन बसेका हुन् ।

‘आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा छु’, उनले भने। हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएपछि आफू अनशनमा बसेको उनले बताए।

विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता पोखरेल करिब ३६ घण्टादेखि हिरासतभित्रै अनशनरत छन्।

गत फाल्गुण २४ गते बसेको मन्त्रीपरिषद बैठकले चन्द नेतृत्वको नेकपा अपराधिक क्रियाकलापमा अगाडी बढेको निस्कर्ष निकाल्दै सो पार्टीमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित : सोमबार, चैत ०४, २०७५१४:०२
अर्को समाचार:

एसइईको तयारीमा रहेकी बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु , ३ जना घाइते !