बोलेरोले ठक्कर दिँदा वसन्तको जन्मेकै दिन मृत्यु, स्थिति तनावग्रस्त !

Leaderboard Banner

काठमाडौँ- पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ः३० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको सुलभ मार्केटिङ सप्लायर्स रत्ननगरको बोलेरो गाडीले थापालाई ठक्कर दिएको बताइएको छ । लाइसियम स्कुल गइरहेको अवस्थामा उनलाई बोलेरोले ठक्कर दिएको थियो। मृत थापाको आजै जन्मदिन परेको उनका सहपाठीहरुले बताएका छन्।

थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ । दुर्घटनापश्चात् स्थानीयवासीले सडक अवरोध गरेका थिए। सडकमा हिडिरहेका थापालाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएपछि विद्यार्थी र स्थानीयले सडक अवरोध गरिरहेको बताइएको छ।

प्रकाशित : सोमबार, चैत ०४, २०७५१३:५२
अर्को समाचार:

विप्लवका कार्यकर्तालाई प्रहरीले अपराधीको व्यवहार गरेपछि ३६ घण्टादेखि हिरासतभित्रै अनशन !