काठमाडौंमा भूकम्पको कडा धक्का महसुस

Leaderboard Banner

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।  विहान ९ बजेर २ मिनेटमा काठमाडौंमा भूकक्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर ४.१  रेक्टर स्केलको परकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यी दुवै धक्का २०७२ सालको भूकम्पको परकम्प रहेको बताएको छ। २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प पश्चात लगातर परकम्प महसुस गर्ने गरिएको छ।

गोरखा भूकम्पपछि अहिलेसम्म ५१४ भन्दा बढी पटकसम्म परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

प्रकाशित : सोमबार, चैत ०४, २०७५०९:०७
अर्को समाचार:

बिहानै गयो भूकम्प, केन्द्रविन्दु चित्लाङ