काठमाडौँबाट गएको टिपर काभ्रेमा दुर्घटना ! एक जनाको घटनास्थलमै मृत्यु, अर्का एक घाइते !

Leaderboard Banner

काठमाडौँ- आइतबार साँझ काभ्रेमा टिपर दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार काठमाडौँबाट मेलम्ची तर्फ गैरहेको बा ५ ख ५७७१ नम्बर को टिपर दुर्घटना हुँदा टिपर चालकको घटनास्थलमै मृत्यु भएको हो।

काभ्रेपलान्चोक जिल्ला स्थित मन्डन देउपुर नगरपालिका वडा नं ९ नरवदा पार्टी भन्ने ठाउँमा टिपर दुर्घटना भएको स्थानीय राजन तिवारीले जानकारी दिएका छन्।

टिपर सडकबाट करिब १०० मिटर तल खोलामा खसेको उनले बताए। घटनास्थलमा हाल दुईजना फेला परेको भएता पनि अन्य पनि हुन सक्ने स्थानीयको आशंका छ।

१ घण्टाको प्रयास पश्चात ड्रोजर प्रयोग गरेर प्रहरीले घाइते सहचालक र मृत चालकलाई घटनास्थलबाट निकालेको बताइएको छ। मृत चालक र घाइतेलाई प्रहरीले धुलिखेल अस्पताक पठाएको स्थानीयले बताए।

घाइते र मृतकको परिचय भने खुलिसकेको छैन।

प्रकाशित : आइतबार, चैत ०३, २०७५२०:००
अर्को समाचार:

पुर्जा भएको जमीन भारतीयको कब्जामा, सरकार लाचार