सामाजिक संजालमा रवी लामिछाने माथि मनलाग्दी गालि- पागल, बौलाहा देखि पेटिकोट लम्पट सम्म

Leaderboard Banner

काठमाडौँ- न्युज २४ टेलिभिजनमा प्रसारित सिधा कुरा जनतासँग नामक कार्यक्रमका प्रस्तोता पत्रकार रवी लामिछानेले प्रचण्ड बारे दिएको अभिव्यक्ति प्रति सर्वत्र टिप्पणी भैरहेको छ।

प्रचण्ड मारिएर केही फरक नपर्ने आशय सहित दिएको अभिव्यक्ति प्रति नेकपाका नेता, कार्यकर्ता लगायत लामिछाने माथि सामाजिक संजालमा खनिएका छन्।

प्रचण्ड परिवारबाट पनि लामिछानेको यस अभिव्यक्ति प्रति प्रतिवाद भैरहेको छ। यसै विषयमा टिप्पणी गर्दै भरतपुर महानगरपालिकाकी मेयर रहेकी दाहाल पुत्री रेणुले लामिछानेलाई ‘पागल’को संज्ञा समेत दिसकेकी छिन्।

यस्तै प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले फेसबुक मार्फत लामिछाने माथि कडा प्रहार गरेकी छन्। फेसबुकमा उनले,”तिमीहरू तरुनीसँग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्रताका लागि युद्ध लड्दै थिए । निरंकुशतन्त्रका विरुद्ध धावा बोल्दै थिए । मुलुकको थिति परिवर्तनमा जसको एक चिम्टी भूमिका छैन । उ केवल बौलाहाजस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र ?” लेख्दै पत्रकार लामिछाने माथि टिप्पणी गरेकी छन्।

रवीको विरोध गर्दै नेकपा निकट विद्यार्थी नेताहरुले खुलेरै टिप्पणी गरिरहेको सामाजिक संजालमा भेट्न सकिन्छ। प्रचण्ड बारे पत्रकार लामिछानेले दिएको अभिव्यक्ति बारे वाइसीएल अध्यक्ष रहेका रामप्रसाद सापकोटा पनि सामाजिक संजालमा खरो रुपमा उत्रिएका छन्।

सापकोटा लामिछानेलाई “पेटिकोट लम्पट” को संज्ञा दिँदै फेसबुकमा लेख्छन्,”पत्रकार नामको एक ‘पेटिकोट लम्पट’ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए, त्यो खेदजन्य मात्रै छैन माफीयोग्य समेत छैन । कृष्णलीलाभक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार !”

प्रकाशित : शनिबार, चैत ०२, २०७५२०:३५
अर्को समाचार:

भिरमा लागेको आगो गाउँ पस्दा छ घर जलेर नष्ट !