प्रचण्ड पुत्री रेणुले पत्रकार रवी लामिछानेलाई ‘पागल’ भनेपछि…

Leaderboard Banner

काठमाडौँ- न्युज २४ टेलिभिजनमा प्रसारित सिधा कुरा जनतासँग नामक कार्यक्रमका प्रस्तोता रहेका पत्रकार रवी लामिछानेले प्रचण्ड बारे दिएको अभिव्यक्तिलाई प्रचण्ड पुत्री रेणु दाहालले पागलपनको संज्ञा दिएकी छन्।

भरतपुर महानगरपालिकाकी मेयर रहेकी दाहाल पुत्री रेणुले लामिछानेलाई ‘पागल’ को संज्ञा दिएकी हुन्। पत्रकार लामिछानेले प्रचण्ड मारिएर केही फरक नपर्ने आशय सहित दिएको अभिव्यक्ति प्रति नेकपाका एक युवा नेताले सामाजिक संजालमा गरेको प्रश्नमा प्रतिक्रिया जनाउँदै ‘पागल’ को संज्ञा दिएकी हुन्।

पूर्व विद्यार्थी नेता हिमाल शर्माले लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी गर्दै फेसबुकमा,”प्रवृतिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू !” लेखेका थिए। सोहि टिप्पणीमा प्रतिक्रिया जनाउँदै रेणुले,”पागलपन भनिन्छ दाइ” भन्दा कमेन्ट गरेकी छन्।

पत्रकार लामिछानेले विवादित र अपचय अभिव्यक्ति दिएको भन्दै नेकपा नेता साथै कार्यकर्ताहरुले सामाजिक संजाल लगायत मार्फत विरोध जनाइरहेका छन्।

लामिछानेले कार्यक्रममा यसो भनेका थिए –

“वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन तर आफूलाई मार्छु भन्दा बल्ल विप्लव माथि प्रतिबन्ध ?’ जनताको ज्यान असुरक्षित हुँदासम्म मतलव भएन तर आफूलाई मार्ने हो भनेपछि विप्लवमाथि प्रतिबन्ध?”

प्रकाशित : शनिबार, चैत ०२, २०७५१९:०१
अर्को समाचार:

निर्मला हत्या प्रकरण : सालो छुटाउन भण्डारीले प्रहरीलाई दबाब दिएको खुल्यो ! [एसएमएस सहित]