एकताका लागि राजसंस्था अनिवार्य छ, हिन्दू राष्ट्र पुनर्स्थापना नभए महाभारत युद्ध हुन्छ- थापा

Leaderboard Banner

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुको विकल्प नरहेको बताएका छन्।

शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाण्डाैमा समापन कार्यक्रममा बोल्ने क्रममा थापाले ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुको विकल्प नरहेको तर्क गरेका हुन्।

सबै धर्मको सम्मान हुनेगरी हिन्दू राष्ट्र पुनर्स्थापना गरिनु पर्ने उनको बुझाइ छ। देशको राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यक्ता अनिवार्य रहेको पनि थापाले बताए।

समापन कार्यक्रममा बोल्ने क्रममा थापाले आफ्नो पार्टीको हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे देशमा ‘महाभारत युद्ध’ सुरु हुने चेतवानी समेत दिए।

पाँच पाण्डवका माग पूरा नगर्दा महाभारत युद्ध शुरु भएको उदाहरण दिँदै आफूहरुलै बाध्य नबनाउन सरकारलाई थापाको चेतावनी छ। साथै थापाले कार्यक्रममा बोल्ने क्रममा संघीयता बारे पनि आफ्नो धारणा व्यक्त गरे। केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित : शुक्रबार, चैत ०१, २०७५१९:४६
अर्को समाचार:

वैदेशिक रोजगारको दुखदायी पक्ष : रोजीरोटीका विदेशीएका ५४५ नेपाली जेलमा, २४ अचेत !