स्कुलबाट घर फर्किंदै गरेकी बालिकालाई अपहरण गरी जंगल पुर्याएर बलात्कार !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ- सुर्खेतमा एक बालिका माथि सामूहिक बलात्कार भएको छ। प्राप्त जानकारी अनुसार वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका माथि सामूहिक बलात्कार भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका घटना आइतबारको रहेको छ। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

स्कुलबाट घर फर्किंदै गर्दै बालिकालाई दुई युवकले बाटोबाटै अपरहण गरी जंगल पुर्याई बलात्कार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार घटनामा वीरेन्द्रनगर–९ का १९ वर्षीय प्रमेश रावत र २० वर्षीय सागर चौधरीकोले संलग्नता रहेको छ।

घटना पश्चात फरार भएका प्रमेश रावतलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । चौधरी भने अझै फरार छन्।

प्रकाशित : शुक्रबार, चैत ०१, २०७५१९:३५
अर्को समाचार:

एकताका लागि राजसंस्था अनिवार्य छ, हिन्दू राष्ट्र पुनर्स्थापना नभए महाभारत युद्ध हुन्छ- थापा