केपी-पिके सिध्याउने निर्णय भएको माइन्युट संचारमध्यमै छापिएपछि नेकपाको आकस्मिक बैठक !

Leaderboard Banner

काठमाडौँ : गत फाल्गुण २४ गते बसेको मन्त्रीपरिषद बैठकले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा अपराधिक क्रियाकलापमा अगाडी बढेको निस्कर्ष निकाल्दै सो पार्टीमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

सरकारले देशमा द्वन्द भड्काउने विप्लवको पार्टीमाथि प्रतिवन्ध लगाएको भन्दै सत्तपक्ष र विपक्षि नेताबीच आरोप प्रत्यारोप चलिरहेको छ। यसैबीच प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष प्रचण्ड र आफूलाई मार्ने सम्मको योजना बनाएको पुष्टि भएपछि बाध्य भएर प्रतिवन्ध लगाउनुपरेको बताएका थिए।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले बिहिबार पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमै आफ्नै साथीहरुले मार्ने योजना बनाएको सुन्दा दुख लागेको बताए। अध्यक्ष प्रचण्ड र ओलीले आफूहरुको ज्यान मार्ने योजना सहितको माइन्युट फेला पारेको भन्दा सत्तारुढ र प्रतिपक्षका दलका नेता कार्यकर्ताले भ्रमपूर्ण कुरा भएको भन्दै विश्वास गरेका थिएनन् तर आजमात्र एक अनलाईन  खबरमा विप्लव नेकपाको बैठकमा भएका निर्णयहरु सार्वजनिक भएको छ जसमा प्रचण्ड, केपी लगाएतलाई सफाय गर्ने लेखिएको छ।

केहि समय अघिमात्र जेलबाट छुटेका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा “प्रकाण्ड” को साथमा भेटिएका उक्त निर्णय सहितको पार्टी बैठकको माइन्युट सामाजिक संजालमा समेत सार्वजनिक भएपछि जनतामा थप त्रास उत्पन्न भएको छ।

यसैबीच विप्लव नेकपाले सरकारले लगाएको प्रतिवन्ध लगाएत विभिन्न विषयमा छलफल गर्न आकस्मिक पोलिटब्युरो बैठक बोलाएको जानकरी प्राप्त भएको छ। सरकारले आकस्मिक रुपमा दलमाथि नै प्रतिवन्ध लगाएको र आफ्ना नेता, कार्यकर्तामाथि धरपकड सुरु गरेको भन्दै नेकपाले बैठक बोलाएको पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले जानकरी दिए।

बैठकमा संगठनात्मक संरचना, युद्धको कार्यशैली र नेताहरुको जिम्मेवारीसमेत हेरफेर हुनसक्ने बताइएको छ । यसअघिको बैठक निर्णयहरु सार्वजनिक भएपछि त्यसमा उल्लेखित  जिम्मेवारीबारे सरकारी संयन्त्र जानकार भएको निस्कर्ष सहित नयाँ रणनीति अपनाउन लागेको हो।

साथै विप्लवका अधिकांश नेता कार्यकर्ताले सरकारले पार्टीमाथि प्रतिवन्ध लगाईसकेको अवस्थामा जनयुद्ध घोषणा गर्न बैठक बोलाईएको अनुमान गरेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०१, २०७५१७:४७
अर्को समाचार:

‘सरकारले वार्ता गरेर समाधान खोज्नुपर्छ’