२०७६ साल भर ५ महिनामा १५ दिन सार्वजनिक विदा, ७ महिनामा विदा नै छैन ! हेर्नुहोस २०७६ का विदा!

Leaderboard Banner

काठमाडौँ – सरकारले २०७६ सालमा हुने सार्वजनिक विदा बारे राजपत्रमा सूचना प्रकाशित गरेको छ। गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै देशभर हुने सार्वजनिक विदा बारे जानकारी गराएको हो।

राजपत्रमा प्रकाशित सूचना अनुसार २०७६ सालमा १५ दिन मात्रै सार्वजनिक विदा हुनेछ। सरकारले सबै भन्दा धेरै असोज महिनामा पर्ने दशैँको अवसरमा ५ दिन सार्वजनिक विदा निर्धारण गरेको छ भने तिहारको लागि पनि ३ दिन सार्वजनिक विदा निर्धारण गरेको छ। कुन महिनामा कति दिन विदा ? हेर्नुहोस्

वैशाख 

नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार

जेठ

एक दिनमात्र ४ गते शनिबार

असोज

संविधन दिवसको अवसरमा असोज ३ गते शुक्रबार र १८ गते शनिबार फूलपातीदेखि २२ एकादशी बुधबारसम्म ५ दिन

कात्तिक

कात्तिक १० गते आइतबार लक्ष्मीपूजादेखि १२ गते मंगलबार भाइटीकासम्म ३ दिन

फागुन

९ गते शुक्रबार महाशिवरात्री, फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस, पहाड लगायतका क्षेत्रमा फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबा, होलि खेलिने तराई लगायतका क्षेत्रमा फागुन २६ गते मंगलबार

राजपत्रमा प्रकाशित सूचना अनुसार वर्षका ७ महिना सार्वजनिक विदा परेको छैन। असार, साउन, भदौ, मंसिर, पुस, माघ र चैत ७ महिनामा देशभर लागू हुने सार्वजनिक विदा दिएको छैन।

देशभर लागू हुने बाहेकका धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि निर्धारण गरिएको सार्वजनिक विदा बारे पनि यहि सरकारले प्रकाशित गरेको राजपत्रमा सूचना छ। धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि निर्धारण गरिएको सार्वजनिक विदा निम्न छन्।

भौगोलिक विदा

उपत्यका

♦साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा विदा

सुदूरपश्चिम क्षेत्र

♦गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार

♦कात्तिक १६ गते शनिबार छठ पर्व अवसरमा मधेसमा विदा

♦भागोली विदा अन्तर्गत झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्वको अवसरमा विदा हुनेछ।

♦धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा विदा

धर्म, संस्कृति विदा

♦कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई विदा

♦कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा

♦इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा

♦इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा

जाति विशेष विदा

♦उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा जेठ ४ गते शनिबार किरात, राई, याख्या, सुनुवार, लिम्बुजाति लगायतलाई विदा

♦मंसिर २६ गते बिहीबार पर्ने उधौली पर्व, योमरी पुन्ही,ज्यापु दिवस(मंसिर पूर्णिमा, धान्य पूर्णिमा)को अवसरमा किरात समुदाय र नेवार समुदायलाई विदा

♦पुस १५ गते मंगलबार तमु ल्होसारको अवसरमा गुरुङ समुदायलाई विदा

♦माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जाति लगायतलाई विदा

♦माघ ११ गते शनिबार सोनम ल्होसारमा तामाङ समुदायलाई विदा

♦ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार हिमाली आदिवासी शेर्पाहरुलाई विदा

प्रकाशित : शुक्रबार, चैत ०१, २०७५१६:४५
अर्को समाचार:

नेपालमै व्याट्री, पेट्रोल दुवैबाट चल्ने कार बनाएर हुइकिने यी युवक को हुन् ?हेर्नुहोस् भिडियो