कहाँ छन् विप्लव? फेरी निकाले विज्ञप्ति, “सिकेसँगको सझौता भ्रम, देशभक्त भए क्रान्तिमा आउनुस्”

Leaderboard Banner

काठमाडौँ : नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का महासहिव नेत्र विक्रम चन्द “विप्लव” ले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिबारे आफ्नो  पार्टीको धारणा सार्वजनिक गरेका छन्।

गत मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकार र सीके राउतबीच भएको सम्झौता मधेसी जनताको अधिकारसँग सम्बन्ध नभएको बताएका हुन्। “हालै प्रचार गरिएको सरकार र सीके राउतबीचको कथित ११ बुँदे सम्झौता उत्पीडनमा परेका मधेसी जनता र शान्ति चाहने नेपाली जनताको चाहनासँग सम्बन्धित छैन” ; विज्ञप्तिमा भनिएको छ।

गत फाल्गुण २४ गते स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत र सरकारबीच भएको सहमति केवल जनतालाई भ्रमित गर्ने र आफ्नो वर्गस्वार्थ पूरा गर्ने उद्देश्यले भएको विप्लवको बुझाइ छ । उक्त  सम्झौताले मधेस र मधेसी जनताले अधिकार नपाउने र विखण्डनकारी प्रवृतिको अन्त्य पनि नहुने उनले बताएका छन् ।

“यसबाट न मधेसी जनताले कुनै अधिकार पाउनेछन्, न त विखण्डनकारी प्रवृत्तिको नै अन्त्य हुनेछ । मधेसी जनताको मुक्ति र देशमा शान्ति दलाल पुँजीवादी सत्ता चलाएर वा देश टुक्र्याएर हुनेछैन । तिनको प्राप्ति नेपालबाट दलाल पुँजीवादी सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र हुनेछ । जतिबेलासम्म दलाल पुँजीवादी सत्ता कायम हुनेछ त्यतिवेलासम्म जनतामाथि वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन कायम हुनेछ भने त्यसबाट अनेकौँ सङ्घर्षका स्वाभाविक र अस्वाभाविक रूपहरू उत्पन्न भइरहनेछन् ।” विज्ञप्तिमा उल्लेख छ।

महासचिव विप्लवले देशभक्त, लोकतान्त्रिक, कम्युनिस्ट शक्तिहरू र मधेसी जनतालाई उक्त सम्झौताहरूको भ्रममा नपरी देशलाई दीर्घ शान्तिमा पुर्याउनका लागि एकीकृत जनक्रान्तिमा सहभागी बन्न अपील समेत गरेका छन् । उनी भने अहिले पूर्ण रुपमा भूमिगत जस्तै भईसकेका छन्।

 

प्रकाशित : बिहिबार, फागुन ३०, २०७५१८:१६
अर्को समाचार:

१८ लाख मूल्य बराबरको सिक्का वाणिज्य बैंकमार्फत उपलब्ध हुने!