जनप्रतिनिधिका डोजरमा आगो लगाउन वाइसीयल कार्यकर्तालाई दिपशिखाको निर्देशन !

Leaderboard Banner

काठमाडौँ : पूर्व माओवादी निकट भातृ संगठन वाइसीयलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दिपशिखा’ ले जनप्रतिनिधिका डोजरमा आगो लगाउने बताएका छन्।

बाँकेको खजुरमा आयोजित शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै वाइसीयल नेता सापकोटाले जनप्रतिनिधि आफ्नो काम कर्तव्य बिर्सेर डोजर खरिद बिक्रि गर्ने र ठेक्कापट्टा गर्ने काममा लागे उनीहरुका डोजरमा आगो लगाउन वाइसीयल कार्यक्रतालाई निर्देशन दिएका हुन्।

उनले जनताका समास्या सामाधान नगरेर जनप्रतिनिधि डोजर खरिद गरि ठेक्कापट्टामा लागे वाइसीयलले सिधै आगो लगाउने चेतावनी दिए। यदि कुनै जनप्रतिनिधि जनताभन्दा बाहिर गएर काम कारबाही अघि बढाऊँछ भने उसलाई ठाउँमा ल्याउन वाइसीयलले जस्तोसुकै कदम चाल्ने उनको भनाइ थियो।

शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका सापकोटाले मुलुक परिर्वतनका लागि शहीद तथा वेपत्ता यौद्धाहरूको बलिदान उलेख्य रहेको भन्दै आफूहरु शहिदको सपना पूरा गर्दै अगाडी बढ्ने बताए।

तत्कालिन माओवादी र एमालेबीच केन्द्र र प्रदेशमा पार्टी एकता भइसकेपनि स्थानीय तह र कुनैपनि भातृ संगठनको एकता टुंगोमा पुग्न नसकेको अवस्थामा सबै नेताकार्यकर्ताले पदीय जिम्मेवारी पूरा गरिरहेका छन्।

प्रकाशित : बिहिबार, फागुन ३०, २०७५१७:४३
अर्को समाचार:

कहाँ छन् विप्लव? फेरी निकाले विज्ञप्ति, “सिकेसँगको सझौता भ्रम, देशभक्त भए क्रान्तिमा आउनुस्”