पहिलोपटक हवाईजहाजमा काठमाडौँ जन्ती आउदा दंग जेष्ठ नागरिक!

Leaderboard Banner

फागुन ३० । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाले आफ्नो  छोरा दिनेशको विवाहका क्रममा ६९ जना जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । जन्ती जाँदा बस, कार रिजर्भ गरेर जाने चलन सामान्य हो । तर थापाले भने गाउँका ज्येष्ठ नागरिकहरुलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेका हुन् ।

६९ जना जन्ती मध्ये  पहिलो पटक काठमाडौँ  जाने ४० जना ज्येष्ठ नागरिक थिए । थापाले विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको बताए । नगेन्द्र थापा आफ्ना  छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदी सहित जहाजबाट बुधवार राति नै जीतपुर फर्किएका थिए । थापाको अनुसार दुबैतर्फ आउने-जाने चार्टर गर्दा  ७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । पहिलोपटक हवाईजहाजमा काठमाडौँ आउन पाउदा सबै ज्येष्ठ नागरिकहरु निकै दङ्ग परेको थापाले बताए।

प्रकाशित : बिहिबार, फागुन ३०, २०७५१७:३९
अर्को समाचार:

जनप्रतिनिधिका डोजरमा आगो लगाउन वाइसीयल कार्यकर्तालाई दिपशिखाको निर्देशन !