“हिजो सँगै जनयुद्ध लडेका साथीले मलाई एक नम्बरमा मार्ने सूची बनाउनुभएछ, दुख लग्यो” : प्रचण्ड

Leaderboard Banner

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले विप्लवको पहिलो निशानामा आफू भएको बताएका छन्।

बिहिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सहिद तथा बेपत्ता परिवारजन सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको भन्दै दुख व्यक्त गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर कार्यकर्ता खटाएको बताऊदै मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो? भनि प्रश्न समेत गरेका थिए।

‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको छ रे, उनले भने, ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त?’ प्रचण्डले आफ्नो नक्कल गर्दै आफैंलाई मार्न कार्यकर्ता खटाउनेहरु प्रति दया लागेको बताए।

उनले राज्य कानुन अनुसार अघि बढ्न बाध्य हुने भन्दै जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्वकर्ताको हैसियतले अन्तिम सम्म लड्ने धारणा व्यक्त गरे। देशमा राजतन्त्र पनि नभएको र २०५२ सालको जस्तो परिस्थिति पनि नभएकोले विप्लवले सोचेजस्तो केही गर्न नसक्ने प्रचण्डको भनाई थियो।

“महान् सहिद र बेपत्ताका परिवारजनका अगाडि बसेर म भन्छु परिस्थिति ०५२ सालजस्तो छैन। हाम्रै कारणले परिवर्तन आएको छ। यसलाई उल्ट्याउने भनेको निरंकुशतातिर लैजानु हो,’ उनले भने।

विप्लवले आफ्नै नाटक गरेर प्रचण्ड बन्छु भनेर सोच्नु गलत भएको दोहोर्याएका दिए।

प्रकाशित : बिहिबार, फागुन ३०, २०७५१५:४८
अर्को समाचार:

विप्लव कार्यकर्ताले राखेको कटेली बमले स्थानीय त्रसित, यातायात र शिक्षण संस्था बन्द !