केहिबेर अघि नवलपुर प्रहरी कार्यालय अगाडी बम बिस्पोट, क्षतिबारे अनुसन्धान हुँदै !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दले अधिकंश जिल्लाको जनजीवन प्रभावित बनेको छ।

बिहाननै देखि काठमाडौँ उपत्यका लगाएत देशका अधिकांश स्थानमा बन्दको प्रभाव परेको छ भने ठाउँ-ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन्।यसैबीच नवलपुरको सदरमुकाम कावासोतिमा ठूलो आवाजमा बम बिस्फोट भएको छ ।

कावासोतिस्थित जिल्ला प्रहरी कार्यालय अगाडी केहिबेर अगाडी बम बिस्पोट भएको हो। बम बिस्फोट भएको विषयमा अनुसन्धान भईरहेको र बिस्फोटले मानविय क्षती भए नभएबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बिस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकरी दिए। यसैगरी बिहिबार विहान बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि यातायात ठप्प हुनुका साथै स्थानीयमा त्रास थियो।

नेकपाले आव्हान गरेको बन्दकाका कारण पुरै देशको जनजीवन ठप्प बनेको छ । राजधानी काठमाडौंसहित, पोखरा, हेटौंडा, बिराटनगर, धरान, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत पश्चीम नेपालका मुख्य शहरहरु ठप्प छन् ।

नेकपाको  नेपाल बन्दका कारण देशभर बिहानी सेवाका यातायात तथा शैक्षिक सस्थाहरु ठप्प बनेका छन् । काठमाडौंमा फ्याट्टफुट्टरुपमा मोटरसाइकल र साना सवारीसाधन देखिए पनि मुख्य सडकहरु खालि छन् ।

प्रकाशित : बिहिबार, फागुन ३०, २०७५१४:२१
अर्को समाचार:

थप सात सडक कालोपत्रेका लागि छनोट !