ह्याट्रिक पश्चात रोनाल्डोको घिनलाग्दो सेलिब्रेसन ! गुप्ताङ्ग तर्फ हात तेर्स्याएर… [भिडियो]

Leaderboard Banner

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई यूईएफए च्याम्पियन्स लिगमा प्रतिबन्ध हुने प्रबल सम्भावना रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध युभेन्टसको पुनरागमनमा ह्याट्रिक गरेका रोनाल्डोलाई यूईएफएको अनुशासन समितिले कारवाही गर्ने भएको छ ।

एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक पूरा गरेपछि क्रिस्टियानो रोनाल्डोले अपाच्य सेलिब्रेसन गरेको कारण विवादमा परेका हुन्। ह्याट्रिक पश्चात रोनाल्डोले दुई हात गुप्ताङ्ग तर्फ तेर्स्याएर घिनलाग्दो सेलिब्रेसन गरेका थिए।

त्यस्तै प्रकारको सेलिब्रेसन पहिलो लेगमा जित निकालेपछि एट्लेटिकोका प्रशिक्षक डिएगो सिमियोनले पनि गरेका थिए। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडले घरेलु मैदान वान्डा मेट्रोपोलिटानामा युभेन्ट्सलाई २–० गोलले पराजित गरेको थियो । जित पश्चात एट्लेटिकोका प्रशिक्षक डिएगो सिमियोनले आफ्नो दुई हात गुप्ताङ्गमा राखेर दर्शकतिर फर्केका थिए ।

जितको समयमा सिमियोनले खुसियाली मनाउन गरेको हर्कतलाई जवाफ दिंदै रोनाल्डोले पनि उस्तै सेलिब्रेसन गरेको आकलन गरिएको छ।

प्रकाशित : बुधबार, फागुन २९, २०७५११:३४
अर्को समाचार:

च्याम्पियन्स लिगमा रोनाल्डोले एक गोल मात्रै गर्छन् भन्ने सोच्नु बेकार !