मात्रै ४ लाखमा गाडी किन्नु छ ? राष्ट्र बैंकले यी १२ मोडलका गाडी सस्तोमा लिलाम बिक्री गर्दै !

Leaderboard Banner

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आफ्ना पूराना सवारी साधनहरु लिलाम बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न मोडलका १२ गाडी लिलाम बिक्री गर्न लागेको हो।

सोमबार राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न कम्पनिका १२ गाडीहरुको लिलाम बिक्री गर्न लागेको जानकारी गराएको हो। राष्ट्र बैंकले किया, हुन्डाई र सेभ्रोलेट ब्रान्डका गाडी लिलाम बिक्री गर्ने सूचना मार्फत जानकारी गराइएको छ।

२००१ देखि २०१९ सम्म बनेका गाडीहरुको फरक-फरक मूल्य समेत तोकेको छ। लिलाम बिक्री गर्न लागिएको गाडी मध्ये २००१ मा बनेको किया जिप रहेको छ। यसको न्यूनतम लिलामी मूल्य राष्ट्र बैंकले ४ लाख २४ हजार रुपैयाँ तोकेको छ।

यस्तै २००६ मा बनेको हुन्डाई गेजको न्यूनतम मूल्य ५ लाख ७८ हजार रुपैयाँ तोकिएको छ। सबै भन्दा धेरै सेभ्रोले स्पार्क लिलाम गर्न लागिएको छ। राष्ट्र बैंकले एक साथ ९ सेभ्रोले स्पार्क लिलाममा राखेको छ।

लिलाममा राखिएका सेभ्रोहरुको उत्पादन मिति २००८ र ०९ रहेको छ। सेभ्रोहरुको लिलाम बिक्री न्यूनतम मूल्य ४ लाख ७४ हजारदेखि ६ लाख १२ हजार रुपैयाँसम्म रहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २८, २०७५१५:३२
अर्को समाचार:

विप्लभलाई ओलीको चेतवानी – बम हान्नेहरुसँग के को वार्ता, कानुन बमोजिम नियन्त्रणमा लिइन्छ