आजकै दिन २ बजेर १८ मिनेटमा भएको यूएस बंगला विमान दुर्घटना जसले ५१ जना लग्यो[निष्कर्ष सहित]

Leaderboard Banner

काठमाडौँ, ५१ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटना भएको आज वर्ष दिन पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको यहि दुर्घटनालाई अहिलेसम्मकै ठूलो विमान दुर्घटना मान्ने गरिन्छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान फागुन २८ गते सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा ५१ जनाको मृत्यु र २० जना घाइते भएका थिए ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास-८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटना भएको थियो । विमानमा पाइलट, को-पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए । चालक दलका सदस्य सहित गरेर ७१ जना सवार रहेका थिए।

पुरै उडानको क्रममा विमानका पाइलट युएस बंग्लाका पाइलट अबिद सुल्तान उडानको क्रममा अत्याधिक थकित रहेको अनुसन्धानले खुलाएको छ। उडानको समयमा उनि निजि समस्याका कारण उच्च मानसिक तनाव र थकानको कारण दुर्घटना हुन पुगेको निष्कर्ष नेपाल सरकारको तर्फबाट गरिएको अनुसन्धानको रहेको छ।

बंगलादेश देखि नेपाल सम्मको उडान भर सुल्तानले अनियमित व्यवहार देखाएको अनुसन्धानले देखाएको छ। ल्याण्ड गर्नु भन्दा ६ मिनेट अगाडी मात्रै सुल्तानले गेयरहरु लक गरिएको पुष्टि गरेका थिए। तर सहचालिका (पाइलट) प्रथुल्ला रशीदले ल्याण्ड गर्नको लागि सम्पूर्ण व्यवस्था गर्दाको समयमा सूचीबद्ध गर्ने क्रममा गेयरहरु लक नगरिएको पाएकी थिइन्।

उडानको समयमा सुल्तान बारम्बार धुम्रपान गरिरहेका थिए। तर एयरलाइन्समा भने उनि धुम्रपान गर्ने गरेको बारे केहि पनि जानकारी रहेको थिएन। जसले गर्दा सुल्तान अत्याधिक तनावमा रहेको कुरा पुष्टि हुने अनुसन्धानको निष्कर्ष गरेको छ। धेरै तनाबमा भएको कारण उनले आफुसँगै रहेकी सहचालिका (पाइलट) प्रथुल्ला रशीद मात्र रहेको अवस्थामा पनि बारम्बार अभद्र शब्दहरु प्रयोग गरेको रेकर्डमा फेला परेको बुझिएको छ।

उडान भर सुल्तान आफुसँग काम गर्ने अर्की सहचालिकाको बारेमा अश्लिल ढंगबाट कुरा गरिरहेको भएता पनि सहचालिका (पाइलट) प्रथुल्ला रशीदले सुन्ने काम मात्र गरेकी थिइन्। उडानको समयमा निजि कुराहरुमा वार्ता गर्न उडान कानुनको विपरित मानिने गरिन्छ। सुल्तान कुनै समयमा बंगलादेश वायु सेनामा समेत कार्यरत रहेका थिए। उनले निजि रेकर्डहरुलाई पल्टाउने क्रममा उनि डिप्रेसनको सिकार समेत भैसकेको तथ्य भेटिएको अनुसन्धानले उल्लेख गरेको छ।

उडान भर अत्याधिक मानसिक तनावमा रहेका सुल्तानले अवतरणको समयमा सहि तरिकाबाट अवतरण गराउन सक्ने मानसिक स्थितिमा नभएको कारण दुर्घटना हुन पुगेको नेपाल सरकारले गरेको अनुसन्धानमा खुल्न आएको छ। अनुसन्धानले दुर्घटनाको पछाडी पाइलटको अनियमित साथै असामान्य मानसिक स्थिति भएको निष्कर्ष निकालेको छ ।

यसरी भएको थियो दुर्घटना

यूएस बंगला विमानको डास-८ बम्बार्डियर फागुन २८ गते दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको थियो। विमान अवतरण क्रममा एउटा टायरले धावनमार्ग र अर्को टायरले घाँसेमैदान टेकेको थियो । विमान असन्तुलन भएर धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको थियो ।

विमानस्थलको टावर कन्ट्रोल रुम र विमान चालकबीच नियमित सम्पर्क भइरहेको थियो । कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको ‘रन वे जिरो टु’ मा अवतरण गर्न अनुमति दिएको थियो । तर, जहाज दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाइलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो । पाइलटले ‘आइएम गुड, नो प्रोब्लम’ भनिरहेका थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर ‘रन वे’ खाली गराइसकेको थियो ।

कन्ट्रोल रुमले लगत्तै पाइलटलाई उत्तर-दक्षिण दुवैतर्फबाट विमान अवतरण गराउन अनुमति दियो । त्यो समयसम्म पनि पाइलटले कुनै इमरजेन्सी आवश्यक नरहेको बताइरहेका थिए । तर, कन्ट्रोल रुमले जहाजमा कुनै समस्या भएको हुन सक्ने भन्दै सावधानी अपनाएको थियो । अन्ततः पाइलटले जहाज उत्तरतर्फको ‘टु जिरो’ बाट अवतरण गराए ।

विमानको एउटा चक्काले ‘रन वे’मा टच गरेको थियो । जहाजको स्पिड कन्ट्रोल हुन सकेन । जहाज अन्तर्राष्ट्रिय जहाज पार्किङ क्षेत्रतर्फको पूर्वतिरको चौरमा पुगेर दुर्घटना भयो ।

प्रकाशित : मङ्गलबार, फागुन २८, २०७५१२:५८
अर्को समाचार:

२०७६ साल भर ५ महिनामा १५ दिन सार्वजनिक विदा, ७ महिनामा विदा नै छैन ! हेर्नुहोस २०७६ का विदा!