मेजर साहबको कर्तुत : गुप्तांग देखाउँदै भाडामा बस्ने महिला माथि एकाबिहानै यस्तो हर्कत !

Leaderboard Banner

काभ्रे । बनेपा नगरपालिका–१३ का दिलिप खड्कालाई बलात्कार प्रयासको आरोप लागेको छ । उनकै घरमा भाडामा बस्दै आएकी महिलाले खड्काविरुद्ध प्रहरी प्रधान कार्यालयमा सोमबार बलात्कार प्रयासको जाहेरी दिएकी हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

शनिबार बिहान भएको घटनामा महिला र मेजर खड्का दुवै घाइते भएका छन् । मेजरले काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका छन् भने महिलाले काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराएकी छन् ।

ती मेजरले आफूलाई बलात्कार गर्ने मनसायले हातपात गर्दा आफ्नो हात भाँचिएको पीडित महिलाले बताएकी छन् । मेजरकै घरको छिँडीमा बस्दै आएकी ३५ वर्षीय अविवाहित महिलाले मेजरविरुद्धको बलात्कार प्रयासको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेले लिन नमानेपछि प्रहरी केन्द्रीय कार्यालयमा दर्ता गराएकी हुन् ।

शनिबार बिहान पाँच बजे मेजर घरको भुइँतल्लामा महिला भर्खर उठेर दाँत मोल्दै थिइन् । माथिल्लो तल्लाबाट झर्दै खड्काले आफ्नो गुप्तांग देखाउँदै अपशब्द बोलेको र अचानक आफूमाथि झम्टिएर संवेदनशील अंगहरूमा छुने प्रयास गरेको उनी बताउँछिन् । आफूले प्रतिकार गर्दै भाग्दै गर्दा उनले कुटपिटसमेत खाएको पीडित महिलाले बताएकी छन् । आइतबार अस्पतालबाट उपचार गराएर सिधै जिल्ला प्रहरी पुगेकी उनी रुँदै भन्छिन्, ‘मलाई काट्छु मार्छु भन्दै धम्कीसमेत दिएको छ ।, मैले तपाईं जस्तो मेजरले यस्तो व्यवहार गर्न सुहाउँदैन के गर्न खोज्नुभएको भन्दा उल्टै कुटपिट गरे । उनको हातको पञ्जा हटाएर बाहिर गुहार माग्न निस्कन सफल भएर मात्रै बाँचेकी हुँ ।’

यता जिल्ला प्रहरीले दुई दिन बित्दासमेत मेजरलाई झिकाउन सकेका छैनन् । ‘मेरो उजुरी उपर जिल्ला प्रहरीले कुनै सुनुवाइ गरेन’ पीडितले सौर्य दैनिकसँगको कुराकानीमा भनिन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरी भन्छन्, ‘ती महिलाको घरबेटीसँगको झगडा हो । उनको उजुरीअनुसार नै हामीले मेजरसँग सम्पर्क गरिरहेका छौँ ।’, ‘ज्यान सम्बन्धीलगायत जघन्य अपराधको घटना भएमा हामीले हेर्ने हो, त्योबाहेक अरू सबै सेनाभित्र नै कारबाहीको प्रक्रिया हुन्छ’ डिएसपीले भने ।

प्रकाशित : मङ्गलबार, फागुन २८, २०७५०९:३८
अर्को समाचार:

सभापति पदमा टिकिरहन देउवाले साम, दाम, दण्ड र भेद सबै प्रयोग गर्ने !