गोगंबुका होटल तथा रेष्टुरेन्टहरुमा छापा ! ५० जना भन्दा बढी प्रहरी नियन्त्रणमा !

Leaderboard Banner

काठमाडौँ- प्रहरीले गोगंबु बसपार्क क्षेत्रबाट ५० जना भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गोगंबु बसपार्क क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ।

होटल तथा रेष्टुरेन्टहरुमा छापा मार्दा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ। चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कका अनुसार नियन्त्रणमा लिइएका अधिकांश युवतीहरु २० वर्षमुनीका रहेका छन्। नियन्त्रणमा लिएर उनीहरु माथि प्रहरीले सोधपुछ गरेको थियो।

सोधपुछ पश्चात उनीहरुलाई सम्झाईबुझाई आफन्तको जिम्मा लगाएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले बताएको छ।

प्रकाशित : सोमबार, फागुन २७, २०७५११:४०
अर्को समाचार:

काठमाडौँबाट कस्तुरीको बिना र पाँचऔंले जडिबुटीसहित २ जना पक्राउ !