जंगलमा बालिकामाथि बलात्कार गर्दागर्दै प्रहरीले रंगेहात फेला पारेपछि ३ जना नांगै फरार !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ : रौतहटको बजारबाट १४ वर्षीय बालिकालाई फकाएर जंगलसम्म लगेर तीनजनाले बलात्कार गरि फरार भएका छन्।

बिहीबार दिऊँसो रौतहटको गुजरा नगरपालिका–२ स्थित गरुडा बजारबाट बालिकालाई ललाईफकाई जंगलसम्म पुर्याई ३ जनाले बलात्कार गरेको खुलासा भएको हो।

बालिका हराएको भन्ने सूचनाका पाएपछि खोजिकार्यमा खटिएको प्रहरीको टोलिले जंगलमा बालिकासहित भेटिएका तीनजना युवा फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकरी दिए।

प्रहरीले घटनास्थलमा ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा र चप्पल फेला पारी बरामद गरेको उनले बताए। बालिकाको खोजि कार्यमा खटिएको प्रहरी टोलिले किश्वोरीलाई फकाएर जंगलसम्म पुर्याई जबरजस्ती करणी गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

पिडित किश्वोरीको स्वास्थ्य परिक्षण गरि उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पाठकले बताए। प्रहरीको टोलि देखेलगत्तै फरार भएकाहरुको पहिचान भईसकेकाले खोजि कार्य तिब्र पारिएको बताइएको छ।

प्रकाशित : शुक्रबार, फागुन २४, २०७५१२:२६
अर्को समाचार:

सीके राउतलाई भित्र्याउन बालुवाटरमा नेकपा सचिवालयको बैठक !