सशस्त्र प्रहरीमा जागिर खान चाहनेहरु लाई सूवर्ण अवसर ! ३२ सय ९७ जनाको लागि भर्ना खुल्यो !

Leaderboard Banner

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालले विभिन्न रिक्त रहेका पदको लागि ठूलो संख्यामा भर्ना खुलाएको छ।

फाल्गुन २४ गते शुक्रबार एक सूचना प्रकाशित गर्दै सशस्त्रले ठूलो संख्यामा भर्ना खुला गराएको हो। ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरिएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

सशस्त्रले खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाति ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरेको हो।

दरखास्त दिन चाहनेहरुले फाल्गुन २४ गते १० बजे देखि आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति चैत्र २५ गते रहेको छ।

प्रकाशित : शुक्रबार, फागुन २४, २०७५०९:१३
अर्को समाचार:

अधिकतम कार्यबोझले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर निम्त्याउँदै ! सचेतना थालियो !